पर्सामा सांसदसहित थप ६४ जनामा संक्रमण पुष्टि

पर्सामा सांसदसहित थप ६४ जनामा संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएपछि सांसद यादव, वीरगन्ज १३ राधेमाइ टोलस्थित आफनै घरको होमआइसोलेसनमा छन्। सामान्य खोकी लागेपछि शुक्रबार दिउँसो सांसद यादवले नारायणी अस्पतालमा पुगेर आफूसहित सवारी चालक र अंगरक्षक पुगेपछि स्वाब संकलन गरिएको थियो। 

प्रयोगशालाबाट शुक्रबार राति प्राप्त रिपोर्टमा आफूसहित सवारी चालक र अंगरक्षकको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको सांसद यादवले बताए। आफ्नै घरको होम आइसोलसनमा बसेका सांसद यादवले शनिबार बिहान अन्नपूर्णपोष्टकर्मीसँग भने ,‘ज्वरो छैन, सामान्य खोकी भने छ ,  शनिबार बिहानदेखि पखाला पनि लागेको छ।'

संक्रमित सवारी चालक र अंगरक्षकलाइ पनि आफ्नै घरको आइसोलेसनमा राखेको उनले जानकारी दिए। यसअघि बिहीबार राति वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय सरावगीमा पनि संक्रमण पुष्टि भइसकेको छ। उनी काठमाण्डौस्थित आफ्नै घरका होम आइसोलेसनमा छन्। 

शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र ३ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायले जानकारी दिए। 
संक्रमित हुनेहरुमा १५ वर्षका बालकदेखि ६८ वर्षकी वृद्धा रहेका छन्। मेसु उपाध्यायका अनुसार शुक्रबार राति संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन्। 

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १० जना , कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो। 
साउन ११ देखि १६ गते सम्मको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा शुक्रबार राति ६४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए। योसँगै पर्सा जिल्लामा संक्रमीतको संख्या ४ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वासथ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.