पाँच दिनभित्रै नेकपा संकट समाधान : बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक छलफल

पाँच दिनभित्रै नेकपा संकट समाधान : बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक छलफल

काठमाडौं : लामो समयदेखि चर्किएको सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच निर्णायक छलफल बालुवाटारमा सुरु भएको छ। प्रधानमन्‍त्री केपी ओलीसँग भेट वार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यान्हतिर बालुवाटार पुगेका थिए। अहिलेसम्म छलफल जारी छ।

प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। प्रधानमन्‍त्रीले सार्वजनिक गरेको त्यही  प्रतिज्ञाअनुसार संकट समाधानका लागि निर्णायक पहल सुरु भएको हो। बिहान आन्तरिक परामर्शमा व्यस्त भएका प्रधानमन्‍त्री ओलीले मध्यान्ह १२ बजेदेखि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा बसेका छन्।

प्रधानमन्‍त्रीको बुधबारको विशेष अन्तरवार्तापछि नौदिन लामो संवादहिनता तोडिएको छ। ९ दिनदेखि ओली र प्रचण्डबीच कुनै संवाद भएको थिएन। बिहीबार बिहानदेखि नै अवस्था एकाएक फेरिएको र पाँच दिनभित्रै चमात्कार हुनसक्‍ने सहमतिका लागि क्रियाशील एक स्थायी समिति सदस्यले अन्‍नपूर्ण अनलाइनसँग बताए। 

जसरी समाधान निकाल्ने गरी गहन छलफल भइरहेको स्रोतले बतायो। दुई अध्यक्षबीच अलग्गै छलफल भइरहँदा बालुवाटारमै महासचिव विष्णु पौडेलसहितका युवा नेताहरू पनि संकट समाधानको संभावित खाकामा गृहकार्य गरिरहेका छन्। राजीनामाको माग र अडानबाट ब्याक भएर छलफल महाधिवेशनतिर मोडिएको छ। 

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवादले विष्फोटक रुप लिएको थियो। शीर्ष तहमा देखिएको कलहका कारण स्थायी समितिको बैठकसमेत बस्‍न सकेको छैन र बोलाइएको बैठक पनि कयौंपटक स्थगित भएको छ।

नौ दिन लामो संवादहीनतालाई तोड्दै ओली र प्रचण्ड फेरि छलफलमा जुटेका हुन्। बालुवाटारमा अलग्गै भएको छलफलमा महासचिव बिष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्मासमेत  छन् । अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने कि नयाँ संरचना बनाउने भन्‍ने बारेमा छलफल चलिरहेको छ। केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने संभावना बढेको छ। दुवै अध्यक्षलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने कि अरु शीर्ष नेताहरुलाई जिम्मेबारी दिनेबारेमा पनि छलफल भइरहेकोछ। महाधिवेशन आयोजक समितिको संयोजकमा झलनाथ खनाल र वामदेव गौतमको नाम पनि प्रस्ताव भएको छ।  

ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार  अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने बताएका थिए। ओलीको यो अभिव्यक्ति सार्वजनिक भए लगत्तै भोलिपल्टै प्रचण्डसँग भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताउँदै ओलीले पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको स्पष्ट पारेका थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।

महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.