नेकपा विवाद समाधान गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

नेकपा विवाद समाधान गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विवाद समाधानका लागी महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन गरिएको हो।

कार्यदलका सदस्यहरुमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेको महासचिव पौडेलले जानकारी दिए। कार्यदलले पार्टीका आन्तरिक समस्याको समाधानका लागि गृहकार्य गरी सुझाव प्रस्तुत गर्नेछ।

शुक्रबार बिहान महासचिव विष्णु पौडेल र जनार्दन शर्मासँग आफ्नै निवासमा भेट गरे लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बिहीबार पनि अध्यक्षद्वयबीच करिब चार घण्टा लामो छलफल भएको थियो।

ओलीसँगको छलफल लगत्तै बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।  छलफलमा दाहालले ओलीसँगको कुराकानी सकारात्मक भएको र अब समाधान उन्मुख बनाएर लैजान पहल गरिएको बताएका थिए। त्यहाँ दाहालले बालुवाटार छलफलबारे ब्रिफिङ गरेका थिए। वरिष्ठ नेता नेपालले भने त्यहाँको छलफलमा पनि प्रधानमन्त्री ओलीको चरित्र र शैली सधैं उही रहिरहेकोले विश्वास झट्ट गरेर जान सकिने अवस्था अझै नरहेको बताएका थिए।

प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरेको भोलीपल्टबाट छलफल अगाडि बढेको थियो। उनले सार्वजनिक गरेको त्यही प्रतिज्ञाअनुसार संकट समाधानका लागि निर्णायक पहल सुरु भएको हो। ओलीले पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको स्पष्ट पारेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.