नेकपा महाधिवेशन चैत २५ देखि ३० गतेसम्म : केन्द्रीय समिति कात्तिक १५ देखि १७ सम्म
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन चैतमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।
अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको छ । के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।
बिहीबारको स्थायी समिति बैठकमा १३ जना स्थायी समिति सदस्यले धारणा राखेका छन् । नेताहरुको विचार सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अन्तिममा धारणा राखेका थिए ।
आजको बैठकसँगै असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
निर्णयका मुख्य बुँदा
–पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प,
–पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय।
‘अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्यविभाजन,
–सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने,
प्रतिक्रिया दिनुहोस !