प्रदेश ५ को राजधानी सार्ने प्रस्तावले नेकपाभित्र खैलाबैला, लुम्बिनीका सबै नेताहरू विरोधमा

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावले नेकपाभित्र खैलाबैला, लुम्बिनीका सबै नेताहरू विरोधमा

काठमाडौँ : प्रदेश ५ को राजधानीका विषयमा सत्तारुद दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बिबाद भइरहँदा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुषपकमल दाहाल 'प्रचण्ड' सोमबार पनि छलफलमा बसेका छन्। आइतबार मात्र मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई राखेर छलफल गरेका अध्यक्ष आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बसेका हुन्। 

दुई अध्यक्ष समेत को सहमतिमा प्रदेश सरकारले दाङको देउखुरी उपत्यकालाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो। प्रस्तावमाथि आजबाट प्रदेशसभामा छलफल हुँदैछ। महासचिव पौडेल उक्त प्रस्तावमा सहमत छैनन्। स्थायी समिति सदस्य टोपबहादुर रायमाझी गोकर्ण विष्ट लगायतले पनि यस विषयमा आफूहरूसँग सल्लाह नगरेकोमा असन्तुष्टि जनाउँदै आइरहेका छन्। 

प्रदेशसभाका नेकपाकै १४  सांसद् देउखुरी लैजाने प्रस्तावमा सहमत छैनन्। प्रदेशसभामा नेकपाका सभामुख बाहेक नै ६०  सांसद् छन्। दुई तिहाईका लागि ५८ सासद् आवश्यक पर्छ। नेकपा प्रदेश दलको बैठकमा ह्वीप लगाउनेरनलगाउनेमा आज छलफल हुने बताइए पनि बैठक बस्न सकेको छैन। बालुवाटारमा दुई अध्यक्षका बिचमा बुटवलमा हुन सक्ने सम्भावित झडप लगायत पार्टी एकताको बाँकी काम र मन्त्री परिषद् पुनर्गठन, आज साँझ ५ बजे बस्ने क्याबिनेट बैठकका एजेन्डा लगायतमा पनि कुरा हुने बालुवाटार स्रोतले बताएको छ। 

केही देशको राजदूत सिफारिस आजको क्याबिनेट बैठकले गर्ने सम्भावना रहेकाले पनि यसमा पनि ओली प्रचण्डबीच छलफल हुन सक्ने बताएको छ। यसअघि अमेरिका र बेलायतमा राजदूत नियुक्तिदेखि मुख्यसचिव नियुक्तिमा पार्टीमा छलफल नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.