प्रदेश ५ को स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित : विपक्षमा १३ मत
बुटवल : प्रदेश नम्बर ५ को स्थायी राजधानी देउखुरी (भालुवाङ) बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।
प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। मतदान प्रक्रियामा जनमोर्चा भने सहभागी भएन। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए।
पदेश ५ को सरकारले दाङ देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !