कर्णालीका मुख्यमन्‍त्री शाहीले कुर्मराज शाहीलाई दिए सचेतकको जिम्मेवारी

कर्णालीका मुख्यमन्‍त्री शाहीले कुर्मराज शाहीलाई दिए सचेतकको जिम्मेवारी

 काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन्

मुख्यमन्त्री शाहीले मंगलबार शीर्ष नेताको सहमतिपछि कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । 

नेपाली प्रमुख सचेतक बनेपछि शाहीले मंगलबार कुर्मराजलाई उक्त जिम्मेवारी दिएका हुन् ।कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार गुलाबजङ्ग शाहलगायत पार्टीकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यहाँको राजनीति तातेको छ । 

प्रदेशको समस्या समाधान केन्द्रबाट गर्नेगरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका थिए । यसै बीचमा वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पहल गरेका छन् । नेता नेपालको पहललाई गुटगत सहमतिको संज्ञा दिइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.