सचिवालय बैठक तय भएकै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सचिवालय बैठक तय भएकै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारमा आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले अन्नपूर्णलाई जानकारी दिए।
सत्तारूढ दल नेकपाले बुधबार दिउँसो सचिवालय बैठक तय भएको समयमा नै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मन्त्री परिषद् बैठक बोलाएका हुन्। कात्तिक २८ गतेको सचिवालय बैठकले आज एक बजे बालुवाटारमा बैठक बस्ने निर्णय गरेको थियो।

आजका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको छ। बालुवाटारमा सचिवालय बैठक र मन्त्री परिषद्को बैठक एउटै समयमा बोलाएपछि नेकपा भित्र विवाद झन् बढेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसैलाई संकेत गर्दै आज बिहान फेसबुक स्टाटस लेखेको कतिपयले आशंका गरेका छन्। उनले फेशबुकमा ‘सर्वाधिक कठिन समय !’ उल्लेख गरेका छन्।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए। तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।

‘मंगलबार अध्यक्ष प्रचण्डसँग महासचिवले बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अर्का अध्यक्षको तर्फबाट प्रस्ताव गर्नु भएको रहेछ। उहाँ (प्रचण्ड)ले बैठक सार्ने कुरा हुँदैन भनिदिनुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने। दाहालले पौडेललाई बैठक सार्नै पर्ने भएपनि सचिवालय बैठक बसेरै यस सम्बन्धमा निर्णय लिइने जवाफ दिएको उनको सचिवालयले जनाएको छ।

दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो। छलफलमा दाहालको प्रस्ताव फिर्ता र दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक राख्न नहुने निष्कर्ष नेताहरूले निकालेका थिए। त्यसपछि महासचिव पौडेलले बालुवाटारमा नेताहरूकै अगाडिबाट दाहाललाई टेलिफोन गरेका थिए।

ओलीले दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताउँदै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.