सिसडोलवासी आन्दोलित
नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोलका बासिन्दा पुनः आन्दोलित भएका छन्। उनीहरू १८ बुँदे माग राख्दै आन्दोलित भएका हुन्।
उनीहरूले यही मंसिर २० सम्म माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी दिएका छन्। आधुनिक र वैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बिमा गरिनुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरु गर्नु पर्नेलगायत उनीहरूका माग छन्। जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिका आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनास्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग रहेको ककनी गाउँपालिका सिसडोलका वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए। बागमती प्रदेश सभाका सदस्य बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए।
२०६२ सालदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !