नेकपा पत्र युद्ध : प्रचण्ड र नेपाल समूहले पठायो सबै पत्र तल्लो कमिटीमा
काठमाडैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र पार्टी तल्लो कमिटीमा पठाएको छ । प्रचण्ड र वरिष्ठ नेता मावधकुमार नेपाल समूहले पत्र तल्लो कमिटीसम्म पठाएको हो ।
कात्तिक २२ गते नेकपा पाँच नेताले बुझाएको पत्र, त्यसको जफमा ओलीले लेखेको पत्र र प्रतिउत्तरमा प्रचण्डले पठाएको पत्रसँगै सचिवालय बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित सबै सामग्री समेटेर प्रचण्ड नेपाल समूहले तल्लो कमिटीमा पूरै दस्तावेज पठाएको हो ।
सबै कमिटीको जानकारी लागि पत्र पठाइएको प्रचण्डको सचिवालयले जनाएको छ । खुमलटार स्रोतले अध्ययनका लागि तल्लो कमिटीका नेता तथा कार्यकर्ताले मागेपछि उपलब्ध गराएको बताएको हो ।
नेकपा विवाद चर्किदै गर्दा प्रचण्डले एकल प्रस्ताव गरेपछि मंसिर ३ गतेको सचिवालय बैठकमा केपी ओलीले अर्को प्रस्तावका लागि १० दिनको समय मागरेका थिए । ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको मात्र संज्ञा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !