नेकपाका वहुमत केन्द्रीय सदस्यहरु प्रचण्ड-नेपाल समूहतिर

नेकपाका वहुमत केन्द्रीय सदस्यहरु प्रचण्ड-नेपाल समूहतिर

काठमाडौँ: सत्तारुढ दल नेकपा विभाजन हुँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपाल समूहतिर वहुमत सदस्यहरु सामेल भएका छन् ।

मंगलबार दिउँसो बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड र नेपाल समूहको भेला भइरहँदा नेकपाका वहुमत सदस्यहरु देखिए । जहाँ ३१० केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले आह्वान गरेको केन्द्रीय समिति बैठक अवैधानिक भएको बताएका छन् । ओलीले बोलाएको बैठक भने बालुवाटारमा मंगलबार नै बसेको छ ।

प्रचण्डले ओलीलाई लक्षित गर्दै अल्पमतमा परेको नेताले बोलाएको बैठक अवैधानिक भएको बताए । ओलीको पक्षमा एक तिहाइ सदस्य संख्या समेत नपुग्ने भन्दै उक्त बैठक अवैधानिक भएको प्रचण्डको दावी छ ।

‘एक तिहाइ पनि पुर्‍याउन नसक्नेले तीन तिहाइ सदस्य थपें भनेर भन्नु हाँस्यास्पद हो ।,’ अध्यक्ष दाहालले भनेका छन् । प्रधानमन्त्री निवास बालवाटारमा बसेको ओली समूहको बैठकले भने ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.