प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनायो

प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनायो

काठमाडौँ: पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा मंगलबार दिउँसो वहुमत केन्द्रीय सदस्यहरुसहित बसेको बैठकले ओलीलाई निश्कासन गर्ने निर्णय गरेको हो । यस्तै अध्यक्ष पदमा माधव नेपाललाई बनाउने निर्णय पनि उक्त बैठकले गरेको छ । ४४७ केन्द्रीय कमिटीका ३१० केन्द्रीय सदस्यहरुले  बबरमहल बैठकमा हस्ताक्षर गरेका छन् । बैठकलाई प्रचण्ड,नेपाल, झलनाथ खनालगायतका नेताहरूले सम्बोधन गरेका थिए। प्रचण्डले ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक अवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।

केपी ओली नेतृत्वको समूहको भने आइतबार बिहान नै बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसेर ५५६ जना नयाँ सदस्य मनोनयन गर्दै केन्द्रीय कमिटि विस्तार गरेको छ। १९६ पद खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ। यसलाई नै महाधिवेशन आयोजक समिति बनाएको छ । त्यसको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.