कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय : फागुन २९ मा केन्द्रीय समिति बैठक

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय : फागुन २९ मा केन्द्रीय समिति बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नयाँ राजनीतिक घटनाक्रमको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यो निर्णय गरेको हो । 

‘संसद सञ्चालन, सरकार निर्माणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । 

श्रेष्ठले एमालेसँग पनि यो विषयमा छलफल हुने तर प्राथमिकतामा कांग्रेस र जसपा रहेको प्रष्ट पारे । ‘हामी एमालेसँग पनि वार्ता गर्छौँ’, पत्रकारको प्रश्नको जवाफ दिँदै श्रेष्ठले थपे । 

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ । बैठकले चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको छ । 


सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समीकरणबारे छलफल भएको हो ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चको आदेशमा उल्लेख छ । 

सर्वोच्चको आदेशपछि माधवकुमार नेपालको समूह प्रचण्डलाई छोडेर एमालेतर्फ फर्किए पनि प्रतिनिधिसभा विघटनपछि प्रचण्डलाई छोडेर ओलीतिर लागेका माओवादी केन्द्रका नेता भने बैठकमा सहभागी भएनन् । 

गृहमन्त्री रामबहादुर थापा लगायतका नेता  मंगबारको बैठकमा सहभागी  नभएका हुन् । पुस ५ गते प्रधानमन्त्री केपीओलीले प्रतिनिधिसभा विघटन गरेपछि सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेता ओली समूहमा गएका हुन् ।

प्रचण्ड समूहले कारबाही गरे पनि ओलीको साथ नछोड्ने उनीहरुले बताइसकेका छन् । राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।  नेकपा एमालेतर्फ गएका नेतामाथि कारबाहीको विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.