‘नबोली नबोली’ को ह्याट्रिक
काठमाडौं : समय आउनुपर्छ उसको भाग्यलाई कसैले रोक्न सक्दैन भनेको यही हो। एक साताबीचमा आयोजित अवार्ड समारोहमा पप गीत ‘नबोली नबोली’ ले अवार्डको वर्षा गरेको छ। फेसन एन्ड म्युजिकमा पाँच विधामा अवार्ड जितेको यही गीतले योङ माइन्डस् इन्टरटेनमेन्ट म्युजिक अवार्डमा पनि पाँच विधामा पुरस्कार जितेको छ।
नेपाली चलचित्र संगीत, आधुनिक, पप र लोकदोहोरी संगीतअन्तर्गत प्रोत्साहन र जुरी अवार्ड गरी ५७ विधामा पुरस्कार दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटा थिए।
अवार्ड कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रकी गायिका बिमाकुमारी दुरालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। आधुनिक गीततर्फ उत्कृष्ट संगीतकारमा अर्जुन पोखरेल, उत्कृष्ट मिक्सिङ र मास्टरिङमा साजन शाह, उत्कृष्ट मोडेल पुरुषमा सुधीर श्रेष्ठ र उत्कृष्ट छायाकारमा उत्सव दाहालले अवार्ड जिते। यस्तै उत्कृष्ट भिडियो निर्देशकको अवार्ड विधान कार्कीले हात पारे।
त्यसैगरी, दुर्गेश थापा उत्कृष्ट लोकदोहोरी मोडेल भए भने लोकप्रिय मोडेल आधुनिकतर्फको अवार्ड पल शाह र लोकप्रिय संगीतकारको अवार्ड शंकर थापाले जितेका छन्।
प्रतिक्रिया दिनुहोस !