आजदेखि सुपथमूल्य पसल , कहाँ कहाँ खुल्दैछन् ?

आजदेखि सुपथमूल्य पसल , कहाँ कहाँ खुल्दैछन् ?

काठमाडौं : सरकारले शुक्रबारदेखि चाडपर्वलाई लक्षित गर्दै सुपथमूल्य पसल संचालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका ४३ स्थानमा सुपथ पसल संचालनमा ल्याएको हो।

उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकमा सुपथ पसल सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। कात्तिक २४ गतेसम्म सुपथ पसल सञ्चालन हुने कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन्।

३९ जिल्लाका ४३ स्थानमा सुपथ पसल सञ्चालन गर्न लागिएको हो। सरकारले चाडपर्वका अवसरमा हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

सुपथ पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट पाइन्छ। भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट पाइन्छ।  सुपथ पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आफ्ना उत्पादन बिक्री गर्नेछन्। 

दसैं लक्ष्य गरी पाँच हजार खसी बोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न क्षेत्रबाट दुई हजार खसी/बोका र तीन हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको हो। 

कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाले दाङ र मकवानपुरबाट यस वर्ष एक-एक हजार खसीबोका ल्याइने बताए। उनका अनुसार मुस्ताङबाट तीन हजार च्याङ्ग्रा ल्याइने भएको छ। 

कम्पनीले बजारको मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको छ।‘सामाजिक उत्तरदायित्व सम्झेर हामीले खसीबोका खरिद गरी बिक्री गर्छौँ’ उनले भने,‘यसबाट हामीलाई नाफाभन्दा घाटा छ।’

कम्पनीले गत वर्ष १ हजार ५ सय ९ वटा खसीबोका खरिद गरेको थियो। कोभिडका कारण मुस्ताङबाट गत वर्ष च्याङ्ग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ। आव २०७६/०७७ मा दाङबाट ६ सय र वीरगञ्जबाट ५ सय वटा खसीबोका ल्याइएको थियो। 

उक्त वर्ष १ हजार ९ सय २० वटा च्याङ्ग्रा ल्याइएको थियो। कम्पनीले तोकिएको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिन्छ। गत वर्षकै हाराहारीमा खरिद गरी केही बढी मूल्यमा कम्पनीले उपभोक्तालाई बिक्री गर्छ। बल्खु, टुकुचाका खसी पसलेलाई आधार बनाएर कम्पनीले केही सस्तोमा जिउँदो खसीबोका तथा च्याङ्ग्राको बिक्री मूल्य तय गर्छ। 

कम्पनीले किसानबाट खरिद गर्दा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला कृषि ज्ञान केन्द्र (जिल्ला कृषि कार्यालय) र खाद्य कम्पनीका कर्मचारी सम्मिलित कमिटीले मूल्य निर्धारण गर्छ। कम्पनीले दसैंको केही दिनअघि मात्रै खसीबोका, च्याङ्ग्रा बिक्री गर्छ। बिक्रीमा कुनै मापदण्ड नबनाइएकाले कतिपय व्यापारीले नै लाभ लिने गरेका छन्। 

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन सपिङका प्लेटफर्म प्रयोग गरी घरघरमै सुपथ मूल्यमा खाद्यान्न दिने भएको छ। गोगो २० एप र नेपाल फुड, सस्तो डिल नेपाल, मुकुन्डो नेपाल वेभ पोर्टलसँग सहकार्य गरी सुपथ मूल्यमा घरघरमै खाद्य वस्तु पुर्‍याउने गरेको थापा बताउँछन्। कम्पनीका गाडीबाट घरघरमै छुट मूल्यमै ढुवानी गर्ने व्यवस्था गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.