दशैँका लागि असोज दोस्रो साताभित्रै अग्रिम बुकिङ खुलाइने
काठमाडौँ: दशैँका लागि लामो दूरीका यातायातहरुमा असोज दोस्रो साताभित्र अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी थालिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार उपत्यका बाहिर जानेहरुका लागि असोज दोस्रो सात्राभित्र अग्रिम टिकट बुकिङ खुलाइने भएको हो । विभागका प्रवक्ता डा लोकनाथ भुसालले असोज ११ गतेभित्र अग्रिम टिकट बुकिङ खुला गरिने अन्नपूर्णसँग बताए ।
उनले भने, ‘यातायात व्यवसायीहरुले आन्तरिक तयारी गरेर हामीसँग समन्वय गर्नुहुन्छ । अर्को चरणको बैठकमा निर्णय हुन्छ । घटस्थापना अघि नै अग्रिम टिकट बुकिङ खुल्छ ।’ विभागका अनुसार असोज ६/७ गते पुनः छलफल गरेर निर्णय गरिनेछ ।
यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा सार्वजनिक यातायात केन्द्रीय महासंघ पनि अग्रिम टिकट बुकिङ खुलाउन सहमत भएको छ। यद्यपि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने अग्रिम टिकट बुकिङ सन्दर्भमा आफूहरुसँग छलफल नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !