प्रधानमन्त्री देउवा किन जाँदैछन् बेलायत ?

प्रधानमन्त्री देउवा किन जाँदैछन् बेलायत ?

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गो जाने भएका छन्। 

ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन हुँदैछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सम्मेलनमा जाने प्रतिनिधिमण्डलको गठन गरेको हो। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा कुनै पनि देशको भ्रमणमा गएका छैनन्। यो उनको पहिलो विदेश भ्रमण हुनेछ।

यस्तै बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। अबुधाबी डाइलगको  छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृति दिने र राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको कार्कीले जानकारी दिए। बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिनेसमेत निर्णय गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.