प्रधानन्यायाधीशसँगको भेटघाटलगत्तै न्यायाधीशहरु फेरि आन्तरिक छलफलमा जुटे
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशबीचको छलफल सकिएको छ। छलफल सकेर न्यायाधीशहरु पुन: आन्तरिक छलफलमा जुटेका छन्।
प्रधानन्याधीश जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ । न्यायाधीशहरुले सोमबार पूर्णबैठक (फूलकोर्ट) र इजलास बहिष्कार गरेका थिए।
न्यायाधीशहरुले बहिष्कार गर्दा सोमबार फूलकोर्ट बैठक बस्न सकेन। प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका छन्। उनीहरुले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।
यस्तै नेपाल बार एसोसियसनले पनि प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने बताएको छ। प्रधानन्यायाधीश विवादमा तानिएपछि इजलास बस्न सकेको छैन। प्रधानन्यायाधीशविरुद्ध उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार पनि इजलास बहिष्कार गरेका थिए।आज पनि इजालस बस्ने/नबस्ने अझैं टुंगो लागेको छैन।
प्रतिक्रिया दिनुहोस !