इजलासमा फर्किए न्यायाधीश

इजलासमा फर्किए न्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरु इजलासमा फर्किएका छन्। प्रधान्यायाधीश जबराले सोमबार १० न्यायाधीशका लागि ६ वटा इजलास तोकेका छन्। सबै इजलासमा बन्दीप्रत्यक्षीरणसम्बन्धित मुद्दाको पेशी राखेको छ।

यो समाचार तयार पार्दासम्म दुईवटा इजलासमा मुद्दाको सुनुवाइ भएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको सुनुवाइ भएको हो। उनको इजलासले नवल किशोर शाहको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सो मुद्दामा रुकुम पूर्वको जिल्ला अदालत विपक्षी बनाइएको छ।

यस्तै न्यायाधीश प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासबाट मुद्दाको सुनुवाइ भइरहेको छ। सो मुद्दामा खिमबहादुर थापा मगर पक्ष र म्याग्दी जिल्ला अदालतसहित ६ जना विपक्ष छन्। सोमबार बिहान बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने नहेर्ने निर्क्योल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए।

तिहारअघि न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दाहरु हेर्दै आएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार आफूलाई पनि  इजलास तोकेका छन् । यता नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ। आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन्। जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनलाई सशक्त बनाउने बारले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.