देश बनाउने सोच भएका नयाँ अनुहारको आवश्यकता छ : चन्द्र भण्डारी
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले देश बनाउने सोच भएको नयाँ अनुहारको आवश्यकता भएको टिप्पणी गरेका छन्। उनले कांग्रेसका नेतामाथि नै विश्वास नरहने स्थिति सिर्जना दाबी गरेका छन्।
प्रजातान्त्रिक प्रणालीको सबैभन्दा अनिवार्य शर्त हो विश्वास भएको दाबी गरेका छन्। बुधबार फेसबुकमा लेख्दै उनले चुनावमा बहुमत प्राप्त पार्टी नै विजय हासिल गरी आफ्नो एजेण्डा अनुरुप देश चलाउने स्पष्ट पारेका छन्। उनले बहुमत प्राप्त पार्टीले देश र जनताको अहित नगर्ने भएकाले विपक्षी विश्वस्त हुनुपर्ने बताएका छन्।
‘प्रजातान्त्रिक प्रणालीको सबैभन्दा अनिवार्य शर्त हो विश्वास। चुनावमा बहुमत प्राप्त पार्टी नै विजय हासिल गरि आफ्नो एजेण्डा अनुरुप देश चलाउँछ तर विपक्षीलाई यो विश्वास हुन जरुरी छ कि यसले देश र जनताको अहित गर्दैन।’ उनले भनेका छन् ,‘हामीकहाँ त विपक्षको त कुरा छोडौं आफ्नै पार्टी, पूर्व प्रमहरू र अन्य विभिन्न पदमा आसिन वर्तमान र पूर्व पदाधिकारीमाथि नै विश्वास नरहने स्थिति सिर्जना भएको छ। यहाँ त दिन दिनै फाल्तु कुरामा मानिसका समय बितिरहेका छन् तसर्थ अब देश बनाउने सोच र समर्पण भएको नयाँ अनुहारहरुको आवश्यकता छ।’
प्रतिक्रिया दिनुहोस !