दोस्रो चरणमा अन्तरआत्माले भोट दिनुस् : डा. शेखर कोइराला

दोस्रो चरणमा अन्तरआत्माले भोट दिनुस् : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। मंगलबार बिहान चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्‍याएका छन्। 

उनले भने, ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो । उहाँहरु(देउबा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।’

कोइरालाले अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन्। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। जुन ४८.२३ प्रतिशत मत हो। कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.