‘विप्लव’ नेतृत्वका जुम्ला जिल्ला ईञ्चार्ज रविकिरणसहित जिल्ला सदस्य माओवादी प्रवेश
काठमाडौं : ‘विप्लव’नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा पार्टी प्रवेश गराएका हुन्।
रविकिरणसहितको सिङ्गो जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा समाहित भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 
पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको बताए। उनले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आह्वानसमेत गरे।
उनले भ्रम सिर्जना भएकाले केही साथीहरुले माओवादी छाडेर गएको गुनासो गर्दै आफूले बुझाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !