काठमाडौंको फोहर व्यवस्थापनका लागि दिर्घकालीन समाधान खोज्दैछौं : सुनिता डंगोल
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनको दिर्घकालिन समाधान खोजिने बताएकी छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनमा सहमति भए पनि दिर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताइन्।
उनले फोहरको स्रोतमा नै विकेन्द्रीकृत गरेर त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक-अजैविक छुट्याइदिन पनि पनि आग्रह गरिन्।
उनले फोहर व्यवस्थापनका गरेको प्रतिबद्धता पूरा गर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस !