पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौंः बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ ।

एक विवरणअनुसार एक वर्षको अवधिमा  सवा तीन खर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्यांकअनुसार नेपालले भारतबाट  तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढि डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको 

एक वर्षको अवधिमा नेपालले एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढिको डिजेल मात्रै आयात गरेको हो ।

७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल,  ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा  एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल,  ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.