चिनियाँ दूतावासले चार दिनका लागि गर्‍यो सोल्टी होटल रिजर्भ, लिको सुरक्षामा उच्च सर्तकता

चिनियाँ दूतावासले चार दिनका लागि गर्‍यो सोल्टी होटल रिजर्भ, लिको सुरक्षामा उच्च सर्तकता

काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल सोल्टी होटलमा बस्ने भएको छ । 

नेपालस्थित चिनियाँ दूतावासले चार दिनका लागि सोल्टी होटल रिजर्भ गरेको स्रोतले बताएको छ । आइतबारदेखि बुधबारसम्म चार दिनका लागि चिनियाँ दूतावासले होटल रिजर्भ गरेको हो ।  

अध्यक्ष लिको सुरक्षालाई मध्यनजर गर्दै चिनियाँ दूतावासले होटल नै रिजर्भ गरेको स्रोतले बताएको छ । लिको प्रतिनिधि मण्डलमा ७० जनाभन्दा बढी चिनियाँ अधिकारीहरु सहभागी छन् । केही चिनियाँ अधिकारीहरु आइतबार नै काठमाडौं ओर्लिएका छन् ।

उनीहरु आइतबारबाटै सोल्टी बसेका छन् । चिनियाँ दूतावासले सोल्टी होटल रिजर्भ गरेपछि प्रहरीले त्यस आसपासको सुरक्षा व्यवस्था मजबुत बनाएको छ । सोल्टी होटल प्रशासनले जीम, स्पालगायतका  गतिविधि ४ दिनका बन्द गरेको स्रोतले बताएको छ । 

अन्य पाहुनाहरुलाई चार दिनका लागि सोल्टी होटल प्रवेशमा निषेध गरिएको छ । गृहमन्त्री बालकृष्ण खाडले लिको सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  
आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा लिको सुरक्षाका बारेमा छलफल भएको थियो ।

अध्यक्ष लि मंगोलिया, रुसहुँदै नेपाल आउन लागेका हुन् । लि अपरान्ह काठमार्डौ उत्रिदै छन् । लिले आजै सभामुख अग्नीप्रसाद सापकोटासँग द्विपक्षीय भेटवार्ता गर्दैछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.