रवि लामिछानेले भने- अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु

रवि लामिछानेले भने- अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा उनले सञ्चारकर्मीसँग अदालतभन्दा माथि कोही नरहेको भन्दै अदालतको फैसला स्वीकार गर्ने बताए।
'अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छैन,' उनले भने। त्यसबाहेकको प्रश्नमा उनले जवाफ दिन चाहेनन्। उनले आफू केही नरहेको र अनागरिकसँग यी प्रश्न नसोध्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको थियो। त्यससँगै उनको सांसद र मन्त्री पद गुमेको छ। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.