रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं : रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्।

उनले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। सिंहदरवास्थित गृह मन्त्रालयबाट उनी सिधै बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए।

त्यसअघि सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्दै सांसद र मन्त्री पदका लागि अयोग्य रहेको आदेश सुनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.