तामाकोशी गाउँपालिकामा एमाले विजयी
चरीकोट : तामाकोशी गाउँपालिकाको प्रमुख पदमा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल विजयी हुनुभएको छ। उपप्रमुख पदमा एमालेकै उर्मिला केसी खड्का विजयी हुनुभएको हो।
प्रमुख पोखेरेलले चार हजार ६ सय १५ मत ल्याउनु भएको छ भने उहाँका निकटम प्रतिद्धन्द्वी भवेन्द्र कार्कीले ३ हजार ८ सय २० मत ल्याउनु भएको छ।
उपप्रमुखमा केसीले ४ हजार ४ सय २९ मत ल्याउनुभएको छ भने उनका प्रतिद्धन्द्वी रामचन्द्र पोखरेलले ३ हजार २ सय ७० मत ल्याउनु भएको छ। सो गाउँपालिकाको ७ वटा वडा मध्ये ४ वटामा एमाले र ३ वटा वडामा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !