प्रदेश नम्बर दुइमा तरुण दलको जागरण अभियान
काठमाडौं: नेपाल तरुण दलले प्रदेश नम्बर दुइमा तरुण जागरण अभियान गर्ने भएको छ। असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तरुण दलले जागरण अभियान सञ्चालन गर्न लागेको हो।
नेपाली कांग्रेसको युवा भातृ संस्था तरुण दलले प्रदेश नं. दुइका आठ वटै जिल्ला सभापतिलाई निर्वाचनमा सक्रिय हुन परिपत्र समेत गरेको छ। तरण दलद्वारा जारी परिपत्रमा भनिएको छ, ‘साउन २४ गते सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा तरुण र्याली, भेला, सभा गर्नुहोला।'
साउन २८ गते निर्वाचन क्षेत्र स्तरीय भेला र साउन ३२ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म जिल्ला स्तरी तरुण र्याली, भेला तथा सभाको आयोजना गर्न परिपत्रमा उल्लेख छ।
यस्तै तरुण दलले प्रत्येक मतदान केन्द्रमा २५ जना तरुण स्वयम्सेवी परिचालन गर्न समेत निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !