चीनसँगको एउटा मात्र नाका चार दिन बन्द

चीनसँगको एउटा मात्र नाका चार दिन बन्द

त्रिशूली : निर्वाचनमा सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चार दिन सिल गरिने भएको छ । चीनतर्फको रसुवोपोर्टमा नेपाल र चीनका सुरक्षा अधिकारीबीचको द्विपक्षीय बैठकले प्रदेश तह तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि रसुवागढी नाका चार दिन पूर्ण रुपमा सिल गर्ने निर्णय भएको छ ।

चीनको केरुङतर्फको सुरक्षा डेपुटी चिफसंगको द्विपक्षीय बैठकमा मंसिर १० गते आइतबारको निर्वाचनलाई लक्षीत गरी निर्वाचन सुरु हुनु भन्दा ७२ घण्टा अगाडि नाका सिल गर्नु पर्ने प्रावधान अनुसार बिहीबार राति १२ बजेदेखि रसुवागढी नाका गर्ने निर्णय भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

रसुवागढी नाका निर्वाचनलाई दृष्टिगत ग।प् यहि मंसिर ७ गते बिहीबार राति १२ बजेदेखि मंसिर १० गते आइतवार राति १२ बजेसम्म ७२ घण्टा सिल गरिने प्रजिअ न्यौपानेले बताए । निर्वाचनमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले चार दिनसम्म रसुवागढी नाकामा मालबाहक तथा खाली यातायातका साधन, पैदल यात्रुको आवागमन ठप्प हुने भएको छ ।

रसुवागढी नाकावाट दैनिक रुपमा ४० थान मालवाहक कन्टेनर आवतजावत हँुदै आएको थियो । नाकामा बिहीबार रातिदेखि शिल गरिने भएपछि चीन जाने तयारीमा रहेको डेढ सय कन्टेन रोकिएका छन् ।

निर्वाचनको दिन प्रमुख जिल्ला अधिकारीबाट सवारी सञ्चालनको पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधनले आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवागढी नाका काठमाडौदेखि एकसय ५२ किलोमिटर दुरीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.