गाईवस्तुले खाने चक्लेट

गाईवस्तुले खाने चक्लेट

विराटनगर : मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले केही महिना अघिदेखि दानाको आधुनिक स्वरुपमा चक्लेट बजारमा पठाइएको जनाएको छ।

उद्योग सञ्चालक रोमन कट्टेल गाईवस्तुलाई चाहिने पोषक तत्व चक्लेट बाटै परिपूर्ति गर्ने गरी उत्पादन थालिएको बताउँछन्। उनले भने, ‘सहरी संस्कृति बढेसँगै अहिले आफैले गाईवस्तुपालेर दूध खाने प्रचलन पनि बढेको तर वस्तुलाई चाहिने हरियो घाँसको अभाव भएकाले त्यो पूरा गर्न चक्लेट उत्पादन गरेका हौं।’ उनका अनुसार खसीबाख्रालाई पनि खुवाउन मिल्ने चक्लेट आधा र एक केजी तौलमा उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाइएको छ। यसमा यसमा हरियो घाँसमा पाइने पोषणसँगै अतिरिक्त तत्व पनि मिलाइएको हुन्छ।

पिना, आइरन, क्याल्सियम, भुसलगायत खाद्यवस्तु मिसावट गरेर चक्लेट बनाइएको छ। सञ्चालक कट्टेलका अनुसार पोषणतत्व मिसावट भएको चक्लेटले गाईवस्तुको दूध उत्पादन क्षमता पनि बढाउँछ। कृषकले लगानीअनुसारको प्रतिफल लिन नसक्नुमा प्राविधिक ज्ञानको अभाव रहेको र आफ्नै फार्ममा पालेका गाईमा परीक्षण गर्दा चक्लेट खाएका गाईले सामान्य अवस्थाभन्दा बढी दूध दिएको उनको दाबी छ। युरोपियन मुलुकमा सामान्य भइसकेको चक्लेट प्रयोगलाई नेपाली कृषकले सहजरूपमा विश्वास गर्न नसकेको उनको बुझाइ छ। तर, पहिलेभन्दा अहिले चक्लेटको माग बढेको छ।

घाँस पराललगायत अन्य खाद्यान्नमा पोषणको सन्तुलित भण्डार नभएका कारण चक्लेटको पोषणले दूध उत्पादन र पशुको स्वास्थ्यमा थप मद्दत मिल्छ। करिब १० करोड रुपैयाँ लगानीमा स्थापित उद्योगले दैनिक २० टन चक्लेट उत्पादन गर्दै आइरहेको छ। उद्योगले नेपालभर चक्लेट बजारीकरण गर्दैछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.