कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित, इमरजेन्सी बाहेकका सेवा ठप्प

कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित, इमरजेन्सी बाहेकका सेवा ठप्प

कालिकोट : जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुव्र्यवहार गरेको बिरोध कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् । शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेको बिरोधमा सोमबारदेखी जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी आईतबार सबै स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाँधेर सेवा दिनुका साथै सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७४ साल माघ १९ गते रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन गएको शिलशिलामा सोही दिन करीब ३ बजे रास्कोट नगरपालिकाको आरसिपी बजारमा रहेको हरी होटलमा खाजा खान गइरहेको मौका पारी अज्ञात व्यक्तिद्वारा अमानविय र अभद्र व्यवहार गरेको सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा मिति २०७४ साल माघ २१ गते बसेको बैठकको निर्णय अनुसार सो निन्दनीय कार्यको घोर भत्र्सना गर्दै दोषी माथि कडा कारबाहीको लागि सम्बन्धित निकाय समक्ष माग गर्ने र सोको दबाब स्वरुप आइतबार स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाँधेर सेवा प्रवाह गर्ने र सोमबारदेखी इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ ।

यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदिपले आफूहरुले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीलाई जनकारबाही गरेको बताए । डा. अलीकै कार्यकालमा गलत अप्रेशनका कारण चन्दा शाह लगायत तीन महिलाको अकालमा ज्यान गएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुन हाजिरी भएको, पोष्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाएका छन् ।

त्यस्तै स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडी जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामिण स्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधी नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले जुताको माला र कालोमुसो दलेर स्वागत गर्न बाध्य भएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका डा.टंक आचार्यले सोमबारदेखी जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको बताए । उनले आफूहरुले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अली माथि दुरव्र्यवहार गर्नेलाई कानुन बमोजिम कारवाहीको माग गरेको बताए ।

जिल्ला अस्पताल तथा अन्य ग्रामीण स्तरका स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएपछि नागरिकलाई सास्ती भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि गएका सेवाग्राहीले उपचार नपाएर घर फर्किन थालेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.