बीस दिनमा मेलम्ची सुरुङ ब्रेक थ्रु, दुई सय ४० मिटर खन्न बाँकी

बीस दिनमा मेलम्ची सुरुङ ब्रेक थ्रु,  दुई सय ४० मिटर खन्न बाँकी

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको सुरुङमार्ग निर्माणमा कुनै अवरोध नआए अबको २० दिनमा छिचोलिने भएको छ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा मंगलबारसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ ।

अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७.५ किलोमिटर रहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण ब्रेक थ्रु हुने बताए ।

सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुने देखिन्छ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिर्ने बताए ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुर रज्जाकले उपत्यकावासीका घरमा खानेपानीको धारा छ, पानी छैन । अब यस्तो अवस्थालाई अन्त्य गर्न मेलम्ची खानेपानी आयोजना पूरा गर्न सबैको ध्यान जानुपर्ने बताए ।

सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा. महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.