ललितपुरका पाँच ठाउँमा ट्राफिक लाइट

ललितपुरका पाँच ठाउँमा ट्राफिक लाइट

ललितपुर : ललितपुर महानगरपालिकाले यहाँका पाँच ठाउँमा ट्राफिक लाइट राख्ने भएको छ। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले कुपन्डोलको कानदेवता मन्दिर, हरिहरभवन मन्त्रिक्वार्टर अगाडि, अल्का अस्पताल, झम्सीखेल र धोबीघाटमा ट्राफिक लाइट राख्न लागिएको जानकारी दिए। ट्राफिक लाइट राख्नका लागि महानगरले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै प्रमुख महर्जनले यस विषयमा ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनालसँग सरसल्लाह भइरहेको उल्लेख गरे।

उनले भने, ‘ट्राफिक लाइट राख्ने प्राविधिक विषय हो। यसको ज्ञान महानगरभन्दा ट्राफिक प्रहरीलाई नै हुने भएकाले उसैको सल्लाहमा काम गर्छौं।’

अनुभवीसँग छलफल गरी काम गर्दा सजिलो हुने विश्वास मेरो छ त्यसैले ट्राफिक प्रहरीसँग छलफल भइरहेको महर्जनले बताए।

‘अनुभवीसँग काम गर्दा प्राविधिक समस्या नआउने तथा सम्बन्धित विषयमा उत्कृष्ट सप्लायर्स तथा प्रदायक कहाँ छन्, को हुन् भन्ने थाहा हुने भएकाले उनीसँगको सहकार्यमा काम गर्न खोजेका हौं’, उनले भने।

ट्राफिक लाइट राख्नका लागि महानगरले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

आफू विदेश भ्रमणमा जाँदा त्यहाँका कुकुरले पनि ट्राफिक नियम पालना गरेको प्रसंग कोट्याउँदै प्रमुख महर्जनले भने, ‘दृष्टिविहीनलाई कुकुरले तानेर बाटो कटाउने रहेछ। रातो बत्ती बल्दा टक्क अडिँदारहेछन्, कुकुर नै ट्राफिक लाइटमा अभ्यस्त भएको देखें। तर, हामीकहाँ सवारीसाधन चालक तथा पैदल यात्रुले नै ट्राफिक नियम पालना गरेको देखिँदैन। पर्याप्त ट्राफिक लाइट नै छैनन्। हामी अभ्यस्त पनि छैनौं।’

ेआफू नगरपालिकाको प्रमुखमा निर्वाचित भएलगत्तै ट्राफिक लाइटको विषयमा सोचेर काम गर्न थालेको जनाउँदै उनले भने, ‘तर, प्राविधिक पक्ष जानकार नहुँदा तथा निर्माण गरिएका पूर्वाधार टिकाउन पनि डीआईजीको सहयोग लिएका हौं।’

उनका अनुसार एक ठाउँमा ट्राफिक लाइट राख्दा १४ लाख रुपैयाँ खर्च हुने गर्छ। तर, बाटोअनुसार रकम फरक पर्न सक्ने उनको धारणा छ।

ट्राफिक लाइट राख्ने विषयमा टेन्डर आह्वान गरिनुपर्ने नियमप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘टेन्डर खुलाएपछि सबैले मौका पाउँछन्। वर्षांैसम्म काम नपाएकाले कम मूल्यमा टेन्डर हाल्छन्। हाम्रोमा सबैभन्दा कम मूल्यमा टेन्डर हाल्नेलाई दिनुपर्ने नियम भएकाले गुणस्तरीय काम हुँदैन भन्ने मेरो चिन्ता हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.