अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य तत्काल रोक्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। सामाजिक अभियान्ता भरत बस्नेतको रिटमा थप छलफलका लागि विपक्षीलाई बोलाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यो कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको हो ।
सरकारले अञ्चलको आधारमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य अगाडि बढाएको थियो । संघीयता कार्यान्वयन गर्ने चरणमा अञ्चलको आधारमा इम्बोस्ड नम्बर राख्ने कार्यले समस्या हुने भन्दै यसको चौतर्फी विरोध भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
२