भैरहवा भन्सार : एउटा सामान देखाएर अर्को पास गराउँदै

भैरहवा भन्सार : एउटा सामान देखाएर अर्को पास गराउँदै

भैरहवा : भन्सारबाट राजस्व चुहावट भएको भन्दै अर्थमन्त्रीले भन्सार जाँचपासलाई कडाइ गर्न निर्देशन दिए पनि देशको प्रमुख नाकामध्यको भैरहवा भन्सारबाट जाँचपास विनै गाडी छाड्ने क्रम रोकिएको छैन। मंगलबार भारतीबाट कपडा लिएको आएको लु १ ज २१४० को गाडी नियन्ण्त्रण गरिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको कपडा बरामद भएको जानकारी दिए। उनले भने, ‘गाडी जाँच गर्दा भन्सार छलेर ल्याइएका ब्लाउज ७० पिस, साडीको फल्स ३० पिस, लेगिज एक पिस, कन्टन पाइन्ट ३ पिस फेला परेको छ।’

एक सय ५२ किलो लटकन (ब्लाउजमा लगाउने झुम्का) को प्रज्ञापनपत्रका आधारमा सामान भन्सार नगरी छाडिएको हो। नियन्त्रणमा लिइएको गाडीले दिनभर भन्सार छलिएका सामग्री गन्तव्यमा पु¥याउने गरेको थियो।

गाडीसँगै पक्राउ परेका मनिषले आफूले भन्सारमा सेटिङका आधारमा लटकनको भन्सार मात्र गरेर अन्य सामान नेपाल ल्याएको अन्नपूर्णलाई बताए। उनले लटकनको भन्सार राजस्व १८ हजार भए पनि आफूले थप ६ हजार रुपैयाँ घुस स्वरुप कुल सामगी २४ हजार रुपैयाँ बुझाएको बताए।

भैरहवा भन्सार कार्यालयले एकै किसिमको सामग्री लटकनको तीन वटा ९६९७७, ९६९७८ र ९६९७९ प्रज्ञापनपत्रमार्फत भन्सार गरेको छ। भन्सारले १ सय ५२ किलो लटकनलाई प्रज्ञापनपत्र ९६९७७ मार्फत ५२ किलो, ९६९७८ मार्फत ३७ किलो र ९६९७९ मार्फत ६४ किलो भन्सार गरेको छ। एउटा सामग्रीको एउटै प्रज्ञापनपत्रमार्फत भन्सार गर्ने व्यवस्था छ।

बरामद सामग्री र गाडी तथा पक्राउ परेको व्यक्तिलाई कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।

कार्यालयले लटकनको प्रज्ञापनपत्र जारी गरे पनि उक्त प्रज्ञापनपत्रमा सामग्री जाँच गरेको जाँचकीको हस्ताक्षर समेत छैन। बरामद सामग्री र गाडी तथा पक्राउ परेको व्यक्तिलाई कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी पाण्डेले बताए।

यस्तै भैरहवा भन्सार कार्यालय तरकारी भनेर पास गरेको भारतीय नम्बरको गाडीबाट अवैध मासु बरामद भएको छ। कार्यालयले यूपी ७० बीटी १७७६ नम्बरको भारतीय ट्रकमा तरकारी, आलु माछा रहेको भन्दै पास गरेको गाडीमा अन्य वस्तुसँगै करिब आठ टन कुखुराको अवैध मासु बरामद भएको हो। भन्सारले अवैध रूपमा आयात गर्न सहजीकरण गरे पनि चितवनको रामनगर क्षेत्रमा उक्त मासु बरामद भएको हो। सिमावर्ती भारतीय बजारमा बर्ड फ्लूको प्रकोप देखिए लगत्तै सिमानकाबाट चोरी पैठारी गरी अवैध रूपमा पन्छीजन्य वस्तु ल्याएर बिक्रीवितरण गर्नेमाथि निगरानी भइरहेको समयमा भन्सारभित्रै कुखुराको तयारी मासु भेटिएको थियो।

भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रबन्धु अर्यालले आयातकर्ताले तरकारी भनेकाले ती गाडीमा केही तरकारीको नमुना हेरेर भन्सार पास गरेको बताए। उनले भने, ‘हामीले तरकारी छाडेका हौं। व्यापारीको बदमासीले मासु लुकाएर भित्रिएको हुन सक्छ।’ उनले हरियो तरकारी र फलफूललगायत तत्काल सढ्ने खाद्यान्न बिहानै गेटबाटै पास गरेर पठाउने गरिएको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.