१८ कोठे विद्यालय भवन हस्तान्तरण

१८ कोठे विद्यालय भवन हस्तान्तरण

गोरखा : २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको गोरखा घ्याम्पेशालको दुल्लभ माविको भवन नेपाल युथ फाउण्डेशनले पुनर्निर्माण गरेको छ। हालै निर्माण सम्पन्न भएको १८ कोठे तीन वटा भवन बिहिबार एक समारोहका बीच फाउण्डेशनले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकाजी बानियाँ र प्रधानाध्यापक शिवप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन्।

२०७३ सालको कात्तिक महिनामा निर्माण सुरु गरिएको सो भवन गत चैतमा निर्माण सम्पन्न भएको प्रअ भट्टले जानकारी दिए। जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, भीमसेन थापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे र फाउण्डेशनका कार्यकारी निर्देशक धमलाले भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

केही समयअघि दिवंगत भएका विदेशी नागरिक प्रेभ स्क्रिटरको नाममा सञ्चित रकम उनका आफन्तले भूकम्पले भत्किएको सो विद्यालय निर्माण गर्न नेपाल युथ फाउण्डेशनमार्फत पठाएका थिए। नेपाल युथ फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष सोम पनेरुको पहलमा प्राप्त भएको दुई करोड ४५ लाख रुपियाँको लागतमा भवन निर्माण भएको विद्यालयले जनाएको छ । फाउण्डेशनले सुविधासम्पन्न दुईवटा शौचालय भवन समेत निर्माण गरेको विद्यालयले जनाएको छ।

उद्घाटन तथा हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेशनका कार्यकारी निर्देशक धमलाले फर्निचरका लागि पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.