सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे आज ‘निर्णायक’ छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे आज ‘निर्णायक’ छलफल हुने

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आज ‘निर्णायक’छलफल हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ताले बिहीबार दिउँसो गठबन्धनका शीर्ष नेताको बैठक तय गरेको हो। बालुवाटारमा बस्ने बैठक एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, एमसीसीबारे पक्ष/ विपक्ष वा साझा धारणा र गठबन्धनको भविष्य के हुने भन्ने विषयमा केन्द्रीत रहने छ।

पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ। यसको पक्ष र विपक्षमा धेरैले आ-आफ्ना किसिमका तर्क गरेका छन्। प्रतिनिधिसभा बैठक बुधबार झन्डै दुई महिनामा बस्ने भएपछि एमसीसी के होला भन्ने व्यापक चासो थियो। अमेरिकासँगको अनुदान सम्झौता संसद्बाट अनुमोदनका लागि तत्काल प्रक्रिया अघि बढाउन दृढ थिए प्रधानमन्त्री देउवा। तर, सत्ता गठबन्धनकै दल माओवादी केन्द्र यसको विपक्षमा उभियो। एमसीसी जबर्जस्ती पेस गरे विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो। माओवादी र एकीकृत समाजवादीले कार्यव्यवस्था परामर्श समितिमा संशोधनको अडान राखे। त्यसपछि सभामुखले यो विषय संसद्को दैनिक कार्यसूचीमै राखेनन्। 

प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि माओवादीले विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट गराएका छन्।

सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’निर्णयपछि प्रधानमन्त्री  देउवा पछि हटेका छन्। प्रधानमन्त्री देउवाले अमेरिकी निकायसँगको अनुदान सम्झौता अनुमोदनमा लैजान गठबन्धनका दलले सहयोग गर्ने ‘विश्वास’ लिएका थिए। त्यही कारण कार्यव्यवस्था परामर्श समिति बैठक राख्न सभामुखलाई भनेका थिए। एमसीसी बुधबारै अघि बढाउने ‘माहोल’ बनाउन लागेका थिए देउवा। तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो। प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार भएको छलफलमा एमसीसी संसद्मा पेस हुने र सहयोग गर्न आग्रह गर्दा प्रचण्ड र नेपाल सकारात्मक देखिएका थिए। तर, बुधबार एमसीसीको विरुद्धमा गठबन्धन भित्रकै दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका नेता/कार्यकर्ता सडक प्रदर्शनमा उत्रेका छन्। 

प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट गराएका छन्। बाहिर एकथरी अभिव्यक्ति दिने, तर भित्रभित्रै सत्ता गठबन्धनमा टिक्न र अमेरिकीहरुलाई नचिढ्याउने रणनीतिले प्रचण्ड अप्ठेरोमा परेका छन्। एमसीसी मुख्यालयले गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ। 

बुधबारको घटनाक्रम हेर्दा नैतिक रूपमा माओवादी स्खलित भएको देखिएको छ। गठबन्धनमै विवाद देखिएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाएका छन्। चार दिनअघि मात्र सैद्धान्तिक सहमति गर्ने अनि प्रक्रियामा जाने बेला द्वैध चरित्र देखाएको कांग्रेसको आरोप छ। माओवादी बैठकले सरकार छाड्ने चेतावनीसहित जस्ताको तस्तै एमसीसी सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई ‘दबाब’दिएपछि कांग्रेसका नेताहरु आन्तरिक गृहकार्यमा समेत जुटेका छन्। 

चार दिनअघि मात्र सैद्धान्तिक सहमति गर्ने अनि प्रक्रियामा जाने बेला द्वैध चरित्र देखाएको कांग्रेसको आरोप छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत गठबन्धनका नेताहरूबीच हुने छलफलबाट सहमति जुट्ने बताए। एमसीसीका प्रक्रियामा सबै दल र नेताहरू सम्मिलित भइसकेकाले संसद्मा टेबल गर्ने र अनुमोदन गर्नबाट पछि हट्न नमिल्ने प्रवक्ता डा. महतको भनाइ छ। ‘जो विरोध गर्दै छन् उनीहरू नै एमसीसी प्रक्रियामा संलग्न छन्,’ डा. महत भने, ‘केपी ओलीजीको सरकारले संसद्बाट पास गराउने भनेको हो। हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन। त्यसको जनताले मूल्यांकन गर्छन्।’

कानुनमन्त्री दिलेन्द्र बडू शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए। दुई दिन दलहरूसँग सहमति खोजिने र समझदारीका आधारमा प्रस्तुत गरिने मन्त्री बडूको भनाइ छ। प्रधानमन्त्रीले गठबन्धनका दलहरू ‘मिलेरै जाऔं’भनेकाले बुधबार एमसीसी रोकिएको बडुले बताए। 

सत्ता गठबन्धनमा बिहीबार थप छलफल हुने माओवादी प्रमुख सचेतक देव गुरुङ बताए। ‘एमसीसीका असमान र राष्ट्रिय हितविपरीतका बुँदा संशोधन नगरी अगाडि बढाउन र पारित गर्न माओवादी कुनै हालतमा सहमतिमा आउनै सक्दैन’,नेता गुरुङले भने, भन्छन्, ‘गठबन्धनमा सहमति जुट्यो भने अगाडि बढाउँला। हैन भने हामी सरकारबाट पछि हट्छौं। गठबन्धनका पाँचवटै दलबीच सहमति नभई एमसीसी अघि लगियो भने गठबन्धन टुट्छ। गठबन्धन तोडिनु भनेको सरकारबाट माओवादीलगायत अन्य गठबन्धन दलहरू छुटिनु हो।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.