एमसीसी संसद्‍मा टेबल भए विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

एमसीसी संसद्‍मा टेबल भए विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संसद्‍मा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गगरेको छ। बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेको हो।

बैठकपश्चात प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारमा रहने दलहरु सहमति नभइ प्रक्रिया अगाडि बढाउन नमिल्ने धारणा राखे।  उनले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार गर्ने निर्णय गठबन्धनको नहुने बताए। एमसीसी जबर्जस्ती गरेर अगाडि बढाए सरकारमा नरहने चेतावनीसमेत गुरुङले दिए। उनले भने ‘गठबन्धनको निर्णयबिना सरकार आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ।’

उनले एमसीसीमा रहेका सर्त संशोधन नगरी पास गर्न नसकिने पार्टीले निष्कर्ष निकालेको बताए। माओवादीले संसदमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध कायमै राखेकाले कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने धारणा राखे। उनले पहिले संसद्को अवरोध हटाउनुपर्ने पार्टीको धारणा रहेको बताए।

सरकारले प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने तयारी भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.