कांग्रेस नेता राजाराम कार्की गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस नेता राजाराम कार्की गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद डा.राजाराम कार्कीले कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कार्कीले सत्यवादी कांग्रेसीलाई न्याय दिलाउनका लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिए। नेता कार्कीले पार्टीले चुनावको टिकट, ठगहरु, तस्करहरुले दिएको समेत आरोप लगाउँदै भने,‘वास्तविक कांग्रेसीहरु, पार्टीमा लामो समय संघर्ष गरेका असली कार्यकर्ता र नेताहरुलाई नै पाखा लगाउने काम कांग्रेसले गर्दै आएको छ।’

कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लामो लडाइँ लडेको भएपनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हावी हुँदै गएको आवास हुन थालेको गुनासो पोखे ।

२०२९ सालमा भैरवी हाइस्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङ्को जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्वपुर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफूले सकेको सम्पूर्ण महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

४८ वर्ष पार्टीमा लामो संघर्ष गरेका कार्कीले आफू जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.