कुन प्रदेशमा समाजवादी कत्रो ?

कुन प्रदेशमा समाजवादी कत्रो ?

काठमाडौं : नवौं महाधिवेशनमा केपी ओलीसँग झिनो मतले माधवकुमार नेपाल नेकपा एमालेको अध्यक्षमा पराजित भए। ओलीसँगको लामो विवादपछि नेपालले एमालेबाट चोइटिएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाए। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नेपाललाई नयाँ पार्टी दर्ता गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सहजीकरण गरिदियो। पार्टी दर्ता गर्न नेपाललाई करिब एक चौथाइले साथ दिए। 

एमालेको २०२ जनाको केन्द्रीय कमिटीमा ५५ केन्द्रीय सदस्य, १५४ जनामध्ये ३० जना सांसद नेपालको नयाँ पार्टी नेकपा (एस) मा आए। तर, आफ्नै पक्षमा रहेका दोस्रो पुस्ताका नेताले उनलाई छाडे। संघीय नेतृत्वमा करिब चौथाइ मात्रैले साथ दिए पनि प्रदेशमा नेपालको नेतृत्वमा रहेको नेकपा (एस) उल्लेख्य देखिएका छन्। 

निर्वाचन आयोगले २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्ने समय अवधि दिएको छ। प्रदेशसभा सदस्यले धमाधाम पार्टी रोज्न थालेका छन्। अहिलेसम्म ६ वटा प्रदेशसभामा नेकपा (एस)को  उपस्थिति देखिएको छ। गण्डकी प्रदेशमा भने कोही खुलेका छैनन्।  नेकपा (एस) प्रदेश २ र सुदूरपश्चिम मजबुत देखिएको छ। प्रदेश २ मा एमालेका बहुमत प्रदेशसभा सदस्य नै नयाँ पार्टीमा लागेका छन्। 

प्रदेश १   
प्रदेश १ मा १० जना प्रदेशसभा सदस्यले नेकपा (एस) रोजेका छन्। राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एमाले छोडेर नेकपा (एस)मा लागेका छन्। उनीहरूले निर्वाचन आयोगमै गएर सनाखतसमेत गरिसकेका छन्। तर, लामो समयदेखि नेपालकै पक्षमा रहेका एमालेका सचिव भीम आचार्य पार्टी विभाजनमा साथ दिएनन्। 

प्रदेश १ मा ९३ जना सांसद छन्। जसमा  सबैभन्दा ठूलो पार्टी एमालेका मात्रै ५१ थिए। १० जनाले नेकपा(एस) रोजेपछि अब एमालेमा ४१ जना सांसद छन्। 

प्रदेश २ 
प्रदेश २ मा नेकपा (एस) बलियो देखिएको छ। प्रदेशमा २१ जना प्रदेशसभा सदस्य एमालेका थिए। जसमा १२ ले एमाले छोडेर नेकपा (एस) रोजे। शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रविन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन, मनोज सेन श्रीवास्तव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले निर्वाचन कार्यालय गएर सनाखत गरेका छन्। 

प्रदेशसभा सदस्य दिल्ली उप्रेतीले दिल्लीबाटै सनाखत गरेका छन्। उनको सनाखतको वैधानिकतामा भने आयोगको निर्णय गर्नुपर्ने हुन्छ। यस प्रदेशमा १३ जना नेपाल पक्षमा खुलेकामा सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने सनाखत गरेका छैनन्। विश्वकर्मा र गुरुङ पनि नेकपा (एस)मा गए एमालेमा ८ प्रदेशसभा सदस्य मात्रै रहन्छन्। 

बागमती प्रदेश 
बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्यले नेकपा (एस) रोजेका छन्।  प्रदेशसभा सदस्य रमा आले मगर, राजेन्द्र पाण्डे, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, कुसुम कार्की, इन्द्रमाया गुरुङ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, पार्वती सिलवाल, मुनु सिग्देल र मीना नेपाली ज्ञवालीले सनाखत गरेका छन्। बागमती प्रदेशमा एमालेका ५८ प्रदेशसभा थिए। जसमा पशुपति चौलागाईंको कोरोनाले मृत्यु भएको छ।

१३ जनाले एमाले छाडेसँगै हालै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ। 

गण्डकी प्रदेश 
गण्डकीमा नेपाल नेतृत्वको नेकपा (एस) मा अहिलेसम्म एक जना प्रदेशसभा सदस्य पनि खुलेका छैनन्।

लुम्बिनी प्रदेश 
लुम्बिनीमा नेकपा (एस) मा अहिलेसम्म एक जना प्रदेशसभा सदस्य मात्रै गएका छन्। एमालेका ३८ प्रदेशसभा सदस्यमध्ये रमा घर्ती एमाले छोडेर नेकपा (एस) मा प्रवेश गरेकी छन्। 

कर्णाली प्रदेश
४० सदस्यीय कर्णालीको प्रदेशसभामा ३ जना नेकपा (एस) मा खुलेका छन्। प्रदेशसभा सदस्य देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकाया गएका हुन्। 

कर्णाली प्रदेशमा २० एमालेका प्रदेश सभा सदस्य थिए। जसमा ४ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन लागेको भन्दै एमाले कारबाही गरेको छ। प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेका थिए। 

एमालेको विद्यमान १६ जना प्रदेशसभा सदस्यमध्ये ३ जना नेकपा (एस) मा जाँदा अब एमालेमा १३ बाँकी रहेका छन्। माओवादी केन्द्रबाट  एमाले गएका धर्मराज रेग्मीको पद गएको छ। 

सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिममा एमालेको २५ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा (एस) रोजेका छन्। उनीहरूले निर्वाचन आयोगमा गई सनाखतसमेत गरिसकेका छन्। सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, माया भट्ट, चुनकुमारी चौधरी, मनाकुमारी साउँद,  दुर्गाकुमारी कामी, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी, सुशीला बुढाथोकी, तारालामा, दीर्घ सोडारी र प्रकाश रावल रहेका छन्। 

एमाले उपाध्यक्ष भीम रावलको प्रभाव रहेको यस प्रदेशमा नेपाल पक्षको पकड रहेको थियो। १७ जना प्रदेशसभा सदस्य नेपाल पक्षमा थिए। तर, रावल एमालेमै रहेका कारण केही प्रदेशसभा सदस्य नेपाललाई छोडेका छन्। उता रावलले आफ्नो प्रभावलाई बचाइ राख्न भने सकेनन्। रावलकै कारण नेपाल समूह रहेका धेरै प्रदेशसभा सदस्य नेकपा (एस) रोजेका छन्। सुपको  ५३ सदस्यीय प्रदेशसभामा अझै केही नेकपा (एस) मा जाने उनीहरूको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.