देशी विदेशीले माओवादीलाई सिध्याउन खोज्दैछन् : प्रचण्ड

देशी विदेशीले माओवादीलाई सिध्याउन खोज्दैछन् : प्रचण्ड

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको बताएका छन्। खुमलटारमा मंगलबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एक ठाउँमा हुनुको कुनै विकल्प नभएको बताएका हुन्।

‘देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर माओवादीलाई सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्। ’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले परिवर्तनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्न एकजुट हुन आवश्यक भएको धारणा राखे। उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एक ठाउँमा केन्द्रित हुँदै गएको धारणा राखे। प्रचण्डले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन।’ 

‘विप्लव’नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’सहितको सिङ्गो जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा समाहित भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.