प्रदेश ४ को नीति तथा कार्यक्रम : फेवा, बेगनास र रुपाताल जोड्न मोनोरेल (पूर्णपाठ)
![प्रदेश ४ को नीति तथा कार्यक्रम : फेवा, बेगनास र रुपाताल जोड्न मोनोरेल (पूर्णपाठ)](https://annapurnapost.prixacdn.net/media/albums/Baburam-Kunwar-Province-4_news_photo_20180608150438_k9KIodJNoA.jpg)
पोखरा : प्रदेश ४ सरकारले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारमा जोड दिँदै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे।
पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको सरकारले प्रदेशमा सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, २०२० मा छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रियस्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा छ। प्रदेश ४ को बहुआयामिक गरिबी ५ वर्षमा आधा घटाउने नीति सरकारले ल्याएको छ।
पर्यटन लगायत प्राथमिकताका क्षेत्रको विकासलाई आर्थिक समृद्धिको इन्जिनको रुपमा विकास गरिने प्रदेश प्रमुख कुँवरले सुनाए। उच्च र तत्काल आर्थिक प्रतिफल प्राप्त हुने क्षेत्रमा निजी र सहकारी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनेछ’, उनले भने, ‘नेपाल सरकारको पूर्व स्वीकृतिमा प्राप्त हुने विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानीलाई यस क्षेत्रमा उपयोग गरिनेछ।’
प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने, प्रतिव्यक्ति आय अमेरिकी डलर २५ सय पु¥याउने, कृषि उत्पादनलाई दोब्बर गर्ने नीति सरकारले सार्वजनिक गरेको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको लाइफ लाइन बताउँदै आएको कोरला-त्रिवेणी सडकलाई सरकारले नीति तथा कार्यक्रममा प्रदेश गौरवको आयोजनाको संज्ञा दिएको छ। कोरला-पोखरा, पोखरा-दुम्किबास द्रुतमार्ग निर्माणको कार्य थालनी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। मुख्यमन्त्री गुरुङले उक्त द्रुतमार्गको सम्भाव्यता अध्ययन विदेशी कम्पनीबाट गराउन संघीय सरकारबाट सहमति प्राप्त गरिसकेको जानकारी यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा गराइसकेका थिए। उनले चिनियाँ कम्पनीबाट सम्भाव्यता अध्ययन निशुल्क गर्ने चाँजो मिलाएको सुनाउने गरेका थिए।
प्रदेश मन्त्रिपरिषद गठनलगत्तै भएका निर्णय कार्यान्वयन गर्ने लक्ष्य सरकारले राखेको नीति तथा कार्यक्रममा देखिन्छ। अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी सम्मेलन केन्द्र, बहुखेलमैदान, विशिष्टिकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पताल निर्माण गर्ने मन्त्रिपरिषदको निर्णयलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको छ।
-फेवा, बेगनास र रुपाताललाई जोड्न मोनोरेल/ -बहुआयामिक गरिबी ५ वर्षमा आधा घटाउने
-प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने/ -पोखरामा १ हजार शैड्ढयाको अस्पताल निर्माण गर्ने
-वार्षिक ५० हजारलाई रोजागरी १ लाखलाई स्वरोजगारी
‘स्थानीय तहमा २५ शैड्ढया, नगरपालिकामा ५० शैड्ढयाको अस्पताल र प्रदेश राजधानीमा १ हजार शैड्ढयाको अस्पताल निर्माण थालनी गर्ने’, कार्यक्रममा भनिएको छ। यसअघि यही आर्थिक वर्षको बाँकी अवधिका लागि वैशाख १३ गते सार्वजनिक नीति तथा कार्यक्रममा उल्लिखित पर्यटन प्रवद्र्धनका कार्यक्रम आगामी आवको कार्यक्रममा पनि दोहोरिएका छन्। २ वर्षभित्र सबै घरमा आधारभूत खानेपानी र बिजुली पुर्याउने, फेवा, बेगनास र रुपाताललाई जोड्न मोनोरेलको विकास गर्ने लगायत कार्यक्रम यसपालि पनि समेटिएका छन्।
निजी क्षेत्र समेतको लगानीमा ऊर्जा उत्पादन तेब्बर गर्ने, प्रतिव्यक्ति ऊर्जा खपत ५ गुणाले वृद्धि गर्ने, बहुसांस्कृतिक ग्राम स्थापना गर्ने कार्यक्रममा उल्लेख छ। ‘संघ, प्रदेश र स्थानीय तहका आर्थिक क्रियाकलाप विस्तारबाट वार्षिक ५० हजारलाई रोजगारी र १ लाखलाई स्वरोजगारीका अवसर सिजना गरी दीगो विकास लक्ष्य हासिल गर्ने गरी लगानीका प्राथमिकता तय गरिनेछ’, प्रदेश प्रमुख कुँवरले सुनाए। २०७५ चैत्रभित्र अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गरिने पनि उनले उल्लेख गरे। उनले भने, ‘आगामी आर्थिक वर्षलाई ‘प्रादेशिक नीति तथा संरचना निर्माण वर्ष’ को रुपमा कार्यान्वयन गरिनेछ।’
संघ, प्रदेश र स्थानीय सरकार र निजी क्षेत्रको सहभागीतामा जलाशययुक्त जलविद्युत उत्पादन आयोजनालाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै प्रदेश प्रमुख कुँवरले जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जाको विकास गर्न दीगो ऊर्जा विकास नीति लिइने सुनाए। कृषि र पशुपंक्षी उत्पादन दोब्बर गर्न अल्प, मध्यम र दीर्घकालीन नीति, रणनीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख छ। ‘प्रदेश–स्थानीय तह साझेदारी कार्यक्रम अन्तर्गत एक पालिका-एक शीत भण्डार र एक कृषि उपज बजार निर्माण गर्ने नीति लिइनेछ’, प्रदेश प्रमुख कुँवरले भने, ‘एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापनाको सम्भाव्यता अध्ययन गरिने, प्रदेशमा एक आधुनिक औद्योगिक क्षेत्र र एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गरिनेछ।’
प्रदेश विश्वविद्यालय स्थापनाका लागि कानुन तर्जुमा र स्थान पहिचान गरी सम्भाव्यता अध्ययन गरिने, प्रदेश राजधानीमा प्राविधिक महाविद्यालय र स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्ने आधार तयार पारिने नीति तथा कार्यक्रममा छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरलेसार्वजनिक गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)