जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना, यात्रु सुरक्षित

जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना, यात्रु सुरक्षित

जुम्ला : नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ ।  नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल छन् ।

पाइलट जेके निरौला र को–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् ।  जहाज रनवेको ट्रयाक छोडेर सय मिटर बाहिर पुगेको छ । टायर पम्चर भएर दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनाबाट जोगिएका यात्रुमध्ये एक कैलालीका टेकराज चौधरीले पुर्नजन्म पाएको अनुभूति भएको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.