भीरबाट लडेर  मृत्यु

भीरबाट लडेर  मृत्यु

तनहुँ : भीरबाट लडेर तनहुँको शुक्लागण्डकी १० मिनमखानी बनमा एकको ज्यान गएको छ।स्थानीय लोकदीटारका ४४ वर्षीय ताराबहादुर खड्का मिनमखानी सामुदायिक बनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी शनिबार मिनमखानीबाट लोकदीटार जाँदै थिए।

गोरेटो बाटो हिंडेका उनलाई आइतबार बिहान स्थानीयले मोटरबाटोमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। खड्काले अत्यधिक मदिरा सेवन गरेकाले लडेर ज्यान गएको हुनसक्ने अनुमान प्रहरीको छ।उनको  शव पोस्टमार्टमका लागि दमौली ल्याइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.