स्कुलमै पर्यो‍ चट्याङ, पढिरहेका दुई विद्यार्थीको मृत्यु

स्कुलमै पर्यो‍ चट्याङ, पढिरहेका दुई विद्यार्थीको मृत्यु

वीरेन्द्रनगरः यहाँको एक विद्यालयमा पढिरहेका विद्यार्थीमाथि चट्याङ्ग पर्दा दुईजनाको ज्यान गएकोे छ । चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको मुत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । 

आइतबार बिहान ११ बजेतिर कक्षामा दोस्रो विषय अध्ययन गरिरहेकै अवस्थामा तीव्र वर्षासँगै परेको चट्याङ्गबाट मेटलाका ७ वर्षीय अम्बरबहादुर चन्द र अर्की ७ वर्षीया निर्मला चन्दको मृत्यु भएको हो । 

कक्षामा पढाइरहेका बेला टिनको छानमाथि एक्कासी चट्याङ्ग परेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय समाजसेवी डोरप्रसाद शर्माले जानकारी दिए । 

चट्याङ्गबाट घाइते सातमध्ये पाँचजनाको मटेला स्वास्थ्य चौकीमै सामान्य उपचारपछि घर फर्काइएको छ भने, दुईजनाको उपचार भइरहेको छ । कक्षा दुईमा अध्ययनरत ६ वर्षका निर्मल चन्द र पाँच वर्षीया पवित्रा शाहीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङ्गबाट विद्यालयमा समेत क्षति पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.