वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर कामदारको मृत्यु
दमक : इलामको माङसेबुङ गाउँपालिका ४ स्थित बागमारा खोलामा पुल निर्माण गर्ने क्रममा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा माङसेबुङ ४ बस्ने २८ वर्षीय नियुशन लिम्बु रहेका छन्।
लिम्बु निर्माणाधीन पुलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि दमकको आम्दा अस्पतालमा ल्याई पुर्याउँदा लिम्बुको बुधबार साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मृतकको शव आम्दा अस्पताल दमकमा राखिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरी चौकी बाझोले जनाएको छ।