अवैध रुपमा बालुवा निकाल्ने ९ सवारीसाधन नियन्त्रणमा

अवैध रुपमा बालुवा निकाल्ने ९ सवारीसाधन नियन्त्रणमा

दमक : मोरङको केराबारीस्थित खदम खोलाबाट अवैध रुपमा बालुवा तथा मिक्स गिट्टी उत्खनन् गर्ने ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रहरीले मापदण्ड विपरीत खोलाजन्य पदार्थ उत्खनन् गर्ने ती सवारी साधनलाई बुधबार नियन्त्रणमा लिई केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको हो। 

इलाका प्रहरी कार्यालय केराबारीको टोलीले केराबारी गाउँपालिका ८ स्थित खदम खोलाबाट मापदण्ड विपरीत अवैध रुपमा मिक्सगिट्टी उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा दुई वटा जेसीबी, ५ वटा हाइवा र २ वटा टिपर नियन्त्रणमा लिई केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको जनाएको छ। 

कारवाहीका लागि पठाइएका सवारी साधनमा को १ क १६२४ र को १ क १७८७ नम्बरको जेसीबी, ना ७ ख ६००, ना ७ ख २६२७, ना ७ ख ६०५६, को १ ख ४६९८ र को १ ख ५६२९ नम्बरको हाइवा तथा को १ ख ५२८१, को १ ख ५५५१ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.