वन कार्यालयका सहायक अधिकृत २३ हजार घुससहित पक्राउ

वन कार्यालयका सहायक अधिकृत २३ हजार घुससहित पक्राउ

रुकुम (पश्चिम) : जिल्ला वन कार्यालय रुकुम (पश्चिम)मा कार्यरत सहायक वन अधिकृत रोहितकुमार शाह घुससहित पक्राउ परेका छन्। शाहसँगै कार्यलयको ग्रामीण वित्त सहायक सन्दीप अिधकारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

प्रहरी निरीक्षक अनिलराज गिरी नेतृत्वमा सुर्खेतबाट आएको अख्तियारको टोलीले सहायक अधिकृत शाह र वित्त सहायक अधिकारीलाई २३ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। 

शाह इलाका वन कार्यालय आठबिसकोटमा कार्ररत थिए। कर्माचारी अभावका कारण उनी इलाका वन कार्यालय खोलागाउँको पनि काम सम्हालिरहेका थिए। अहिले भने उनी जिल्ला वन अधिकृत नहुदाँ निमित्त कार्यालय प्रमखको काम सम्हाल्न जिल्ला वन कार्यालयमा आएका हुन्।

कार्यालय समयमै घुस लिएको गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान अगाडि बढेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.