नगर प्रमुख ओलीको गाडीमा बम

नगर प्रमुख ओलीको गाडीमा बम

दमक : झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान बम निष्क्रिय बनाएको हो । निष्क्रिय गरिएको बम ३३ डेटोनेटर रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । 

नगर प्रमुख ओलीका अनुसार बुधबार राति कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उनले शंकास्पद वस्तु गाडीमा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । 

बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले राति ८ बजेतिर सुरक्षित स्थानमा लगेर राखेका थिए । त्यसलाई बिहीबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

बम कसले राखेको भन्ने बारे थाहा हुन सकेको छैन । यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा बम विस्फोट भएको थियो । बम राख्ने समूहको भने अझैसम्म पहिचान हुन सकेको छैन । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.